मन्त्री यादवको अभिव्यक्तिविरूद्ध युवा संघ सडकमा, बर्खास्त गर्न माग – Nepal Press

मन्त्री यादवको अभिव्यक्तिविरूद्ध युवा संघ सडकमा, बर्खास्त गर्न माग

जनकपुरधाम । हिंसात्मक अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध युवा संघ नेपालका कार्यकर्ता सडकमा उत्रेका छन् ।

यूवा संघ धनुषाले आज जनकपुरधाममा मन्त्री यादवविरूद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी यूवाहरुले ‘नरसंहारवादी मुर्दावाद’, ‘रेणु यादवलाई मन्त्रीबाट बर्खास्त गर’, ‘हत्यारा सरकार चाहिदैन’, ‘मापसे सरकार मुर्दावाद’ जस्ता नारा लगाएका छन् ।

कानूनलाई हातमा लिएर आफ्नो पदीय मर्यादा भुलेर हिंसात्मक अभिव्यक्ति दिएकाले मन्त्री यादवलाई प्रधानमन्त्रीले बर्खास्त नगरे कडा आन्दोलन गर्ने युवा संघका कार्यकर्ताहरुले चेतावनी दिएका छन् ।

गौरको एक कार्यक्रममा मन्त्री यादवले हिंसात्मक अभिव्यक्ति दिएकी थिइन् ।

हिंसात्मक अभिव्यक्तिका कारण मन्त्री यादवको सर्वत्र आलोचना भइरहेको छ । उनलाई वर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि चौतर्फी दबाब परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर