स्वास्थ्यमन्त्री खतिवडा पनि आइसोलेसनमा, प्रवक्ता र निजी सचिवलाई कोरोना संक्रमण – Nepal Press

स्वास्थ्यमन्त्री खतिवडा पनि आइसोलेसनमा, प्रवक्ता र निजी सचिवलाई कोरोना संक्रमण

काठमाडौँ । प्रदेशको अनुगमनमा निस्किएको स्वास्थ्य मन्त्रालयको टोली नै कोरोना संक्रमित भएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि रुघाखोकी देखिएपनि आइसोलेसनमा बसेका छन् । मन्त्रीका निजी सचिव मधु मिजार र मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रालाई पनि संक्रमण भएको छ ।

मन्त्रीको पीसीआर परीक्षणको नतिजा भने आउन बाँकी रहेको निजी सचिव मिजारले बताए । अनुगमनमा निस्किएको टोलीका सदस्य सुरज थापा र चालक तथा सुरक्षाकर्मीमा पनि संक्रमण देखिएको बताइएको छ ।

सो टोली गत साता प्रदेश नं १, जनकपुर र बागमती प्रदेशका कतिपय जिल्लाको स्थलगत अनुगमन गर्न निस्केको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर