सुदूरपश्चिमः सेती अस्पतालमा गरिएको परीक्षणमा ५७ प्रतिशतलाई कोरोना संक्रमण – Nepal Press

सुदूरपश्चिमः सेती अस्पतालमा गरिएको परीक्षणमा ५७ प्रतिशतलाई कोरोना संक्रमण

कैलाली । कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा करिब ५७ प्रतिशतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दुई सय ९३ जनाको स्वाव परीक्षण गर्दा एक सय ६७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समय कैलाली कोरोनाको हटस्पट बन्दै गइरहेको छ । दैनिक रूपमा अस्पतालमा मात्रै एक सय भन्दा बढी सङ्क्रमित फेला परिरहेको श्रेष्ठले बताए ।

अस्पतालमा अहिले १३ जना संक्रमितको उपचार भइरहेको छ । तीन जनाको आइसीयू र एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको श्रेष्ठले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर