धनुष र ऐश्वर्याबीच डिभोर्स : टुंगियो १८ वर्षे वैवाहिक सम्बन्ध – Nepal Press

धनुष र ऐश्वर्याबीच डिभोर्स : टुंगियो १८ वर्षे वैवाहिक सम्बन्ध

चेन्नइ । दक्षिण भारतीय अभिनेता धनुष र पत्नी ऐश्वर्याबीच सोमबार सम्बन्ध विच्छेद भएको छ । उनीहरुले औपचारिक विज्ञप्ति सार्वजनिक गर्दै १८ वर्ष लामो सम्बन्धलाई टुंगाएको उल्लेख गरेका छन् ।

ऐश्वर्या रजनीकान्तकी छोरी समेत हुन् । धनुष र ऐश्वर्याको जोडीलाई भारतमा आदर्श जोडी पनि मानिन्थ्यो ।

धनुष साउथ इन्डियाका सुपरस्टार हुन् भने ऐश्वर्या फिल्म निर्देशक । ठीकठाक चलिरहेको सम्बन्ध किन टुंगियो भन्ने चासो अहिले उनीहरुका प्रशंसकमाझ चलिरहेको छ ।

भारतीय संचारमाध्यमका अनुसार सन् २०१९ मा उनीहरुबीच सम्बन्धमा दरार आएको थियो । बाहिर संसारका लागि उनीहरु आदर्श जोडी भएपनि भित्रीरुपमा सम्बन्धमा तनाव थियो ।

यसमा दुई कारण छन् । पहिलो : सहायक कलाकारसँग धनुषको सम्बन्धलाई लिएर चर्चा हुनु र दोस्रो : फिल्म निर्देशकको रुपमा ऐश्वर्याको करिअर उम्दा नबन्नू ।

यसअघि धनुषको नाम अमाला पाल, श्रुती हसन र तृष्णा कृष्णनसँग जोडिएको थियो । विज्ञप्तिमा आफूहरुको निर्णयलाई सम्मान गर्न आग्रह गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर