निर्वाचन आयोगमा सर्वदलीय बैठक हुँदै, स्थानीय चुनावको मिति पनि एजेण्डा – Nepal Press

निर्वाचन आयोगमा सर्वदलीय बैठक हुँदै, स्थानीय चुनावको मिति पनि एजेण्डा

काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । शुक्रबार बिहान ११ बजेदेखि सुरू हुने बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूलाई निमन्त्रणा गरिएको आयोगले जानकारी दिएको छ ।

प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार माघ १२ मा तय गरिएको राष्ट्रियसभा निर्वाचन र हाल जारी मतदाता नामावली संकलनबारे दलहरूलाई जानकारी गराइने छ । साथै स्थानीय तहको मिति तय गर्नेबारे पनि बैठकमा छलफल हुनेछ ।

निर्वाचनको वातावरणका लागि सर्वदलीय बैठक आव्हान गरिएको आयोगले जनाएको छ ।

आयोगका पदाधिकारीले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १४ वैशाख र २२ वैशाखमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए । तर, सरकारले त्यसबारे अहिलेसम्म कुनै निर्णय गरेको छैन ।

निर्वाचन सार्न सकिने सम्भावना र कानूनी तथा संवैधानिक प्राबधानका विषयमा सरकारले चासो राखेको बताइन्छ । यद्यपि आयोगले चुनाव वैशाखभित्र गर्नैपर्ने अडान लिएको स्रोतले जनाएको छ ।

सरकारले भने स्थानीय तहको तेस्रो चरणको चुनाव २०७४ असोजमा भएकाले असोजलाई ५ वर्ष मानेर चुनाव गर्न सकिने उपाय खोजेको छ । त्यसो गर्दा स्थानीय चुनाव एक वर्ष धकेलिन सक्छ । आयोगले र नेकपा एमालेले भने वैशाखलाई ५ वर्ष मान्नुपर्ने भनेका छन् ।

२०७४ को वैशाख र असारमा स्थानीय चुनाव भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर