दैलेख एमाले अध्यक्षका उम्मेदवार शाहीको माग- फर्जी मतबारे छानबिन हुनुपर्छ – Nepal Press

दैलेख एमाले अध्यक्षका उम्मेदवार शाहीको माग- फर्जी मतबारे छानबिन हुनुपर्छ

सुर्खेत । नेकपा एमाले दैलेखको सातौं जिल्ला अधिवेशनमा भएको मतदानमा भेटिको भनिएको ३१ फर्जीमत छानबिन हुनुपर्ने अध्यक्षका उम्मेदवार सूर्यबहादुर शाहले माग गरेका छन् ।

‘अहिले ३१ मत फर्जी खसेको देखिएको छ, मलाई हराउन ठूलो बदमासी भयो’, शाहीले भने, ‘पार्टीले यसको निश्पक्ष छानबिन गर्नुपर्छ ।’

निर्वाचन कमिटी, अध्यक्ष मण्डल, जिल्ला कमिटीको नेतृत्वमध्ये जसले गल्ती गरेको भए पनि छानबिन नभइ मतगणना अघि बढाउन नहुने उनको भनाइ छ ।

मतदान अधिकृत हिमालय जङ्ग शाहले चुनावमा अधिकृतको हस्ताक्षरसहितको मतपत्र स्क्यान गरेर फर्जी मत हालेको स्वीकारेका छन् ।

‘हामीले ७२१ मत भएका कारण ७३० ओटा मतपत्र मात्रै छापेका छौं । अहिले पनि हामीसँग १३ ओटा मतपत्र बाँकी नै छन् । यसमा हामीले कुनै पनि कमजोरी गरेका छैंनौं । हामीले निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन हदैसम्मको काम गरेका हौं’, उनी भन्छन्, ‘आफ्नै पार्टीका कार्यकर्ता भएका कारण यसरी स्क्यान गरेर फर्जी मत खसाउलान् भन्ने हामीलाई लागेको थिएन । त्यसैले उहाँहरुलाई मोबाइल लैजान बन्देज गरेका थिएनौं । तर यसमा हामीलाई ठूलो आरोप आइलागेको छ ।’

नेकपा एमालेका दैलेख इन्चार्ज लक्ष्मीप्रसाद पोखरेलले यसबारे पार्टी केन्द्रलाई जानकारी गराइएको बताए । उनले पार्टीको निर्देशनमा थप काम अघि बढ्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर