माधव नेपालको आरोप : केपी ओली गणतन्त्र र संघीयताका मुख्य विरोधी – Nepal Press

माधव नेपालको आरोप : केपी ओली गणतन्त्र र संघीयताका मुख्य विरोधी

रूपन्देही । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको आरोप लगाएका छन् ।

दाङमा लुम्बिनी प्रदेश कार्यकर्ता भेलालाई सम्बोधन गर्दै  क्रान्तिकारी आर्दश नभएको, व्यक्तिवादमै सर्वेसर्वा प्रवृत्ति ओलीमा देखा परेको भन्दै उनले यस्तो आरोप लगाएका हुन् ।

केपी शर्मा ओली बयलगाडा चडेर आफ्नो घर फर्किएको बताउँदै देशमा केपी शर्मा ओलीको प्राइभेट पार्टी छोड्ने लहर चलेको बताए ।

उनले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टीको भविष्य रहेको बताउँदै भने – हाम्रो पार्टीको मूल केन्द्र विन्दु भनेको जनता हुन् । हामी समाजवादको यात्रामा जान चाहन्छौ । हाम्रो ध्यान समाजको परिवर्तनमा रहेको छ । अब आर्थिक क्रान्ति गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । किसानको समस्यालाई केन्द्र विन्दुमा राखेका छौँ । केपी ओलीको पार्टीले देशलाई लुट्ने र जनतालाई चुस्ने काम गरिरहेको छ । त्यसैकारण हामी बाध्य भएर विद्रोह गरेका हौँ ।

नेता नेपालले एमाले एमाले पार्टी नभइ पार्टी पौवा रहन पुगेको बताए ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय उप-महासचिव प्रकाश ज्वालाले दक्षिणपन्थी अवसरवाद केपी शर्मा ओलीमा देखापरेका कारण विद्रोह गरेको बताए ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका लुम्बिनी प्रदेशका इञ्चार्ज तथा पार्टीको सचिव भागवत विश्वासीले केपी शर्मा ओलीको एमाले भन्ने पार्टी हाम्रो पार्टीसँग डराइरहेको बताए ।


प्रतिक्रिया

One thought on “माधव नेपालको आरोप : केपी ओली गणतन्त्र र संघीयताका मुख्य विरोधी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर