माओवादीको बागमती प्रदेशका बिजेता पदाधिकारी कसले कति मत ल्याए (सूचीसहित) – Nepal Press

माओवादीको बागमती प्रदेशका बिजेता पदाधिकारी कसले कति मत ल्याए (सूचीसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री निर्वाचित भएका छन् । उनी अर्का प्रत्यासी दिनानाथ गौतमलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।

जम्मा २ सय ६१ भोट खसेको थियो । जसमा उनले १६२ मत ल्याए । गौतमले ८६ मत ल्याए । अध्यक्षमा सहमति नभएपछि सोमबार निर्वाचन भएको थियो ।

प्रदेश समिति सदस्यले पदाधिकारी चुन्न मतदान गरेका थिए । त्यस्तै सचिवमा काभ्रेका इन्द्रबहादुर थिङ निर्वाचित भएका छन् । उनले १४९ मत ल्याए । उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी निर्वाचित भएका छन् ।

सहसचिवमा भने दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छिन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर