क्यानलाई धन्यवाद दिँदै सन्दीपले भने : एकतावद्ध भएर खेल्नेछौ, सबैका लागि टिममा ढोका खुल्ला छ – Nepal Press

क्यानलाई धन्यवाद दिँदै सन्दीपले भने : एकतावद्ध भएर खेल्नेछौ, सबैका लागि टिममा ढोका खुल्ला छ

काठमाडौं । नेपाली क्रिकेट टिमका नवनियुक्त कप्तान सन्दीप लामिछानेले आफूलाई जिम्मेवारी दिएकोमा नेपाल क्रिकेट संघप्रति आभार व्यक्त गरेका छन् ।

कप्तान नियुक्त भएको तीन दिनपछि सामाजपक सञ्जालमार्फत उनले क्यानलाई धन्यवाद दिएका हुन् ।

आफ्नो स्टाटसमा उनले राष्ट्रिय टिममा सबैका लागि ढोका खुला रहने र परिवारका रूपमा एकतावद्ध भएर खेल्ने जनाएका छन् ।

‘हाम्राे सरल याेजना हुनेछ, विश्व क्रिकेटकाे नक्शामा नेपालकाे प्रभावकारी उपस्थिति गराउने । त्यसका लागि हामीले परिवारका रूपमा एकतावद्ध भएर खेल्नेछाै ।’ सन्दिपले भनेका छन्, ‘नेपाली टिममा सबैका लागि ढाेका खुल्ला छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *