छात्राको फेक अकाउन्ट बनाएर अश्लील सामग्री पोष्ट गर्ने शिक्षक प्रहरी नियन्त्रणमा – Nepal Press

छात्राको फेक अकाउन्ट बनाएर अश्लील सामग्री पोष्ट गर्ने शिक्षक प्रहरी नियन्त्रणमा

काठमाडौं । छात्राको फेक अकाउन्ट बनाएर अश्लील सामग्री पोष्ट गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले भक्तपुर नगरपालिका- ४ कालान्चाका २८ वर्षीय युवकलाई पक्राउ गरेको हो ।

उनी एक निजी विद्यालयको शिक्षक भएको ब्युरोले जनाएको छ । प्रहरीका अनुसार पीडित छात्राको फेसबुकबाट उनका तस्विरहरु डाउनलोड गरेर तोडमोड गरी फेक अकाउन्टमा अपलोड गरेको आरोप ती शिक्षकमाथि छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर