विशेष सांगितिक अभियान चलाउँदै खुकुरी रम – Nepal Press

विशेष सांगितिक अभियान चलाउँदै खुकुरी रम

काठमाडौं । सांगीतिक समूहसँगको सहकार्यमा खुकुरी रमले देशका विभिन्न स्थानमा सांगितिक अभियान संचालन गर्ने तयारी गरेको छ ।

स्थापितसँगै नवोदित कलाकार साथ लिएर वृहत सांगितिक अभियान गर्न लागिएको बताइएको छ । विभिन्न जिल्लाका रेष्टुरेन्ट, क्लब, खुल्ला क्षेत्र, आउटडोर्स, इन्डोर्स लगायतका ठाउँहरुको छनौट गरी सांगीतिक कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको खुकुरी रमको उत्पादक ‘द नेपाल डिस्टीलरिज’का महाप्रबन्धक सुभास लामिछानेले जानकारी दिए ।

संगीतका नयाँ कलाकारहरुलाई देशभरका दर्शकश्रोतामाझ परिचय गराउने र उनीहरूलाई उत्साहित गरी नेपाली गीतसंगीतको समेत प्रवर्द्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताए ।

कार्यक्रमस्थलनजिकै स्थापितसँगै नयाँ कलाकारहरुको प्रस्तुतिमा झुम्नका लागि तयार रहन संगीतप्रेमीलाई खुकुरी रमले आह्वान गरेको छ । खुकुरी रमले यसअघिका वर्षहरुमा पनि फरक अवधारणासहित ‘खुकुरी म्युजिक नेशन’ आयोजना गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर