अज्ञात समूहद्वारा सीजी फुड्स पार्कमा आक्रमण, कर्मचारीमाथि हातपात र भौतिक सम्पत्ति तोडफोड – Nepal Press

अज्ञात समूहद्वारा सीजी फुड्स पार्कमा आक्रमण, कर्मचारीमाथि हातपात र भौतिक सम्पत्ति तोडफोड

काठमाडौं । चौधरी ग्रुपद्वारा सञ्चालित सीजी फुड्स पार्क, भैंसेपाटीमा अज्ञात समूहद्वारा आक्रमण गरिएको छ । कम्पनीका प्रवक्ता मधुसूदन पौड्यालका अनुसार दिउँसो ३ बजेतिर बा. ४ ख १०८५ नम्बरको बसमा आएको समूहले फुड्स पार्कमा कार्यरत पुरुष र महिला कर्मचारीमाथि हातपात गर्नुका साथै भौतिक सम्पत्ति तोडफोड गरेका छन् ।

उनीहरूले ‘नेपाल सरकार मुर्दावाद’ जस्ता नारा लगाउँदै सीजीका व्यवस्थापकहरूप्रति अभद्र एवं असभ्य व्यवहारहरू प्रदर्शन गरेको घटनापछि पौड्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महिला कर्मचारीहरू प्रतिकारमा उत्रिएपछि आक्रमणकारी पछि हटेको बताइएको छ ।

लगत्तै भैंसेपाटी प्रहरी प्रभागले आक्रमणकारीलाई पक्राउ गरेको जानकारी आएको कम्पनीले जनाएको छ ।

यस घटनाले देशको औद्योगिक वातावरणलाई अत्यन्तै नराम्रो असर पुऱ्याउन सक्नेतर्फ ध्यानाकर्षण गराउँदै संलग्नलाई कारबाहीका लागि सरकारसँग अनुरोध गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर