फिल्म निर्देशन गर्दै प्रकाश सपुत, ‘वसन्त’ को घोषणा – Nepal Press

फिल्म निर्देशन गर्दै प्रकाश सपुत, ‘वसन्त’ को घोषणा

काठमाडौँ। गायक तथा सर्जक प्रकाश सपुतले चलचित्र बनाउने भएका छन् । सपुतका गीतमा झुम्ने दर्शकले अब उनले निर्देशन गरेको चलचित्र पनि हेर्न पाउने भएका छन् ।

आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी गायक सपुतले आफूले बनाउन लागेको चलचित्रबारे जानकारी दिएका हुन् ।

उनले निर्देशन गर्न लागेको चलचित्रको नाम ‘वसन्त’ हो । मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचनले मिलेर निर्माण गर्न लागेको चलचित्रमा दलित युवकको प्रेम कथालाई समेटिएको छ ।

चलचित्रमा उनी स्वयं फिचर्ड छन् । उनलाई स्क्रिनमा नायिका स्वस्तिमा खड्काले साथ दिदैछिन ।

गलबन्दी प्रमेडक्सनको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्र गायक सपुतले निर्देशन गर्न लागेको पहिलो चलचित्र हो ।

चलचित्रको कथा गायक सपुत स्वंयमको हो । सुनिल विक मुख्य सह–निर्देशक रहने चलचित्रमा प्रकाश सपुतले नै संगीत भर्नेछन् ।

चलचित्र २०८१ सालको चैते दशैंमा रिलिज हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर