राजको म्युजिकल पोइट्री ‘कालो प्रकाश’मा विराजको बेजोड अभिनय (भिडिओ) – Nepal Press

राजको म्युजिकल पोइट्री ‘कालो प्रकाश’मा विराजको बेजोड अभिनय (भिडिओ)

काठमाडौं । राज शेर्माको म्युजिकल पोइट्री ‘कालो प्रकाश’ सार्वजनिक भएको छ । निकै मार्मिक र मनमोहक शब्द मिश्रित पोइट्रीले मानिसको जीवन संघर्षलाई चित्रित गरेको छ ।

पोईट्रीलाई राज शेर्माले लेखन तथा निर्देशन गरेका छन् भने उनकै आवाजमा भरिएको छ । बिषम आचार्यको संगीतमा निर्माण भएको ‘कालो प्रकाश’ मा कलाकार बिराज बास्कोटाले आफ्नो बजोड अभिनय प्रस्तुत गरेका छन् ।

थिएटर नाटकमा अब्बल बास्कोटाले यस पोइट्रीलाई राम्रो न्याय गरेको देखिन्छ । विभिन्न टेलिश्रृंखला तथा दुई दर्जन बढी म्युजिक भिडिओमा आफ्नो कला प्रस्तुत गरिसकेका उनको ‘कालो प्रकाश’ पहिलो म्युजिकल पोइट्री हो ।

बास्कोटाले यसमा आफ्नो अभिनयको बेस्ट दिन कोसिस गरेको बताए ।

त्यस्तै, कलाकार उत्तम केसी नेपाल, रश्मी पाण्डे, जेसिका पोख्रेल, सबृना क्षेत्री, एलिना थपलिया लगायतको अभिनयले ‘कालो प्रकाश’लाई जीवन्द बनाएको छ । भिडिओको छायांकन योगेश दाहालले गरेका छन् भने श्रृङ्गार बिक्रम गौतमको रहेको छ ।

कलाकारितामा लागेको मानिसको सफलता असफलताको निश्चित नहुने वा जीवनको गोरेटोबारे स्पष्ट नहुने तर संघर्ष धेरै हुने विषयलाई पोइट्रीमा निर्देशकले देखाउन खोजेका छन् । यद्यपी, अन्तिममा पोइट्रीले आशाको किरण पनि प्रदान गरेको छ ।

अभिनय, शब्द र म्युजिकको अनुपम मिश्रणले नयाँ स्वाद प्रदान गरेको भन्दै प्रशंसा भइरहेको छ । पोइट्री ओएसआर डीजीटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

भिडिओ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *