लोकदोहोरी प्रतिष्ठान र अध्यक्षलाई ज्योति मगरको प्रश्न- तिमी राज्य र प्रधानमन्त्री हो र ? – Nepal Press

लोकदोहोरी प्रतिष्ठान र अध्यक्षलाई ज्योति मगरको प्रश्न- तिमी राज्य र प्रधानमन्त्री हो र ?

काठमाडौं । लोक तथा दोहोरी गायिका ज्योति मगरले लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष रिता थापामगरलाई ‘तिमी प्रधानमन्त्री हो र’ भन्दै प्रश्न गरेकी छन् ।

युट्यूबमा दोहोरी लाइभ सञ्चालन गर्ने १० जना कलाकारलाई असभ्य र अमर्यादित रुपमा प्रस्तुत भएको भन्दै प्रतिष्ठानले स्पष्टीकरण सोधेकोमा असन्तुष्टी जनाउदैँ उनले प्रतिष्ठानको अध्यक्षलाई सामाजिक सञ्जालमार्फत प्रतिष्ठान एउटा संस्था मात्रै भएको र राज्य नभएको पनि टिप्पणी गरेकी छन् ।

बिहीबार उनले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै लेखेकी छन्, ‘श्लील र अश्लीलता’को परिभाषा तिम्रो मनमर्जीले जे बनायो त्यो, सहि हो सहि हो भन्ने बेकुप मात्रै छैनन नि यहाँ । अलिअलि अध्यन गर्ने मान्छे नि छन्, लोक दोहोरीको क्षेत्र मा । त्यसैले मै जान्ने मै सुन्ने दम्भबाट माथी उठ र बुझ लोक दोहोरी प्रतिष्ठान एउटा सङगठन हो सस्था हो, राज्य होइन । तिमी सस्थाको पदाधिकारी हौ, तिमी प्रधानमन्त्री होइनौ, ओह सरि सरि प्रधानमन्त्री पनि संविधान र कानुन भन्दा माथी होइनन । त्यसैले स्वतन्त्रताको नाममा यो गर्न मिल्दैन त्यो गर्न मिल्दैन भनेर तिमी भुकी रहनु मिल्दैन । देशको संविधानले देको हो स्वतन्त्रता, तिमीले देको होइन । मिठा शब्दको माला उनेर बोल्दैमा सस्कारी भैदैन यथार्थ बुझ यथार्थ बोल ।’

उनले विकृती न्यूनीकरणको नाममा स्पष्टीकरण माग्ने, कारवाही गर्ने, प्रशासनसम्म पुग्ने र र कानुनी कार्बाही माग गर्ने भन्दै लोक दोहोरी क्षेत्रको नयाँ पुस्तालाई दिइएको अप्रत्यक्ष धम्की र अहिलेको लफडा आफलाई चर्चामा ल्याउने र समाचारमा रहिरहने फण्डा बाहेक केहि नभएको र यसले केहि लछारपाटो नलाग्ने बताइन् ।

उनले लोक गीत प्रतिष्ठान तथा प्रतिष्ठानका पदाधिकारीको बिर्ता नभएको पनि उल्लेख गरेकी छन् । उनले थप लेखेकी छन्, ‘न लोकगीत तिम्रो बिर्ता हो न युट्युब तिम्रो बिर्ता हो । स्वतन्त्र देशको स्वतन्त्र नागरिकले आफ्नो मनखुसी केही काम गरेर पेट पाल्दा भत्किहाल्ने तिम्रो अनुसासन अनि परम्परा त्यो परम्परा जोगाउने ठेकेदार तिमीहरु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *