नाजिर हुसैन र आस्था राउतले उद्घाटन गरे नील डेभिड्सको नयाँ फ्रेन्चाइज – Nepal Press

नाजिर हुसैन र आस्था राउतले उद्घाटन गरे नील डेभिड्सको नयाँ फ्रेन्चाइज

काठमाडौं । अभिनेता नाजिर हुसैन र गायिका आस्था राउतले नील डेभिड्स सलुनको नयाँ फ्रेन्चाइजको उद्घाटन गरेका छन् ।

काठमाडौंको पेप्सिकोला नजिकै दिव्यश्वरी प्लानिङमा थपिएको नेपालका सेलिब्रेटी स्टाइलिष्ट नील डेभिड कटवालको नयाँ फ्रेन्चाइजको उद्घाटन गरिएको हो । युवा उद्यमी नवीन बस्नेतले उक्त फ्रेन्चाइज सञ्चालनमा ल्याएका हुन् ।

दिव्यश्वरी प्लानिङमा सञ्चालनमा आएको आफ्नो नयाँ सलुनले सबैलाई उत्कृष्ट सेवा प्रदान गर्ने नीलडेभिड्सले विश्वास व्यक्त गरे ।

अभिनेता नाजिरले पनि नील डेभिड्सको लक्ष्मीपुर, झापादेखि काठमाडौंसम्मको संघर्षको यात्रालाई स्मरण गर्दै उनलाई अझै प्रगतिको शुभकामना दिए ।

‘आज नेपाल र भारत गरी १०० भन्दा बढी सलुनमार्फत धेरै युवायुवतीलाई रोजगारी दिन सफल भएकोमा नील डेभिड्सलाई बधाई छ’, हुसैनले भने ।

गायिका आस्थाले पनि हेयर स्टाइलिस नीलको नाम नै काफी भएको बताइन् । उनले अझै गुणस्तरीय सेवा प्रदान गरी विश्वको कुनाकुनामा नाम राख्न शुभकामना दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *