‘फर्की फर्की’ हेरेपछि बालेनले लेखे- फ्रेस एन्ड ब्यूटीफूल ! – Nepal Press

‘फर्की फर्की’ हेरेपछि बालेनले लेखे- फ्रेस एन्ड ब्यूटीफूल !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरलाई चलचित्रको प्रिमियरमा निम्ता त प्रशस्तै आउँछन्, तर उनी कमै मात्र उपस्थित हुन्छन् । हिजो उनी अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को प्रिमियर हेर्न बिग मुभिज पुगे ।

आफ्ना केही साथीभाइसँग बसेर फिल्म हेरेका बालेनले सामाजिक सञ्जालमा लेखेको प्रतिक्रियाले निर्माण पक्षलाई उत्साहित बनाउन सक्छ । बालेनले फर्की फर्कीलाई उत्कृष्ट चलचित्र भनेर टिप्पणी गरेका छन् ।

‘फ्रेस एन्ड ब्यूटीफूल । साँच्चै राम्रो चलचित्र,’ बालेनले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

बालेनले यो चलचित्रलाई अंग्रेजी सबटाइटलसहित नेटफ्लीक्सलगायत ओटीटी प्लेटफर्ममा रिलिज गर्न निर्माण पक्षलाई सुझाव दिएका थिए ।

हिजो प्रिमियरमा चलचित्रले अरू अतिथिहरूको पनि प्रशंसा पाएको छ । धेरैले चलचित्रको मेकिङ र अनमोलको अभिनयको सराहना गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *