भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाए पनि निर्यात शुल्क ४० प्रतिशत कायमै – Nepal Press

भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाए पनि निर्यात शुल्क ४० प्रतिशत कायमै

नेपालमा प्याज झन् महँगिने व्यवसायीको भनाइ

काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध शनिवारदेखि हटाएको छ । भारतले प्रतिबन्ध हटाए पनि प्याजको निर्यातमा ४० प्रतिशत निर्यात शुल्क भने कायमै राखेको छ ।

भारत सरकारले गत वर्षको अगस्टदेखि ३१ डिसेम्बरसम्म प्याजको निर्यातमा ४० प्रतिशत निर्यात शुल्क तोकेको थियो ।

८ डिसेम्बरदेखि प्याजको निर्यातमा प्रतिबन्ध लगाएको थियो । डिसेम्बरमा भारतीय बजारमा प्याजको मूल्य ८० भारतीय रुपैयाँ पुगेको थियो ।

भारतले प्रतिबन्ध लगाउँदा नेपालमा प्याजको मूल्य महँगो भएको थियो ।

निर्यातमा ४० प्रतिशत शुल्क लाग्ने गरी प्रतिबन्ध हटाए पछि नेपालको घरेलु बजारमा प्याजको मूल्य झन् महँगो हुने व्यवसायीहरू बताउँछन् ।

नेपाली बजारमा अहिले प्याजको मूल्य प्रतिकिलो औसत ६० रुपैयाँ छ । प्रति मेट्रिक टन प्याजलाई ४५ हजार ८ सय भारतीय रुपैयाँ मिनिमम एक्सपोर्ट प्राइस (एमईपी) तोकिएको छ ।

भारतमा यो वर्ष १ करोड ९१ लाख टन प्याज उत्पादन हुने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर