महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष डा. शाक्यलाई सम्मान – Nepal Press

महिला चेम्बरद्वारा संस्थापक अध्यक्ष डा. शाक्यलाई सम्मान

काठमाडौं । नेपाल महिला चेम्बरले संस्थापक अध्यक्ष डा. अन्जान शाक्यलाई सम्मान गरेको छ । शनिवार राष्ट्रियसभा सदस्यमा मनोनीत डा शाक्यलाई महिला चेम्बरले सम्मान गरेको हो ।

महिला चेम्बरका संस्थापक अध्यक्ष डा.। शाक्यलाई महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल एवं चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठले संयुक्त रूपमा सम्मान गरेका हुन् ।

महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले डा. शाक्यलाई राष्ट्रियसभाबाट महिला सशक्तीकरणको मुद्दा उठाउन आग्रह समेत गरिन् । महिलाको उद्यमशीलता विकासका लागि कानूनी र संरचनागत सुधारको आवश्यकता रहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

चेम्बर अध्यक्ष कमलेश अग्रवालले राष्ट्रियसभामा निजी क्षेत्रको आवाज उठाउन डा. शाक्यलाई सुझाव दिए । महिला चेम्बर मार्फत महिला उद्यमशीलता एवं सशक्तीकरणका लागि चेम्बरले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अध्यक्ष अग्रवालको भनाई छ ।

सम्मान कार्यक्रममा चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला चेम्बरकी संस्थापक अध्यक्ष डा. शाक्यले राष्ट्रियसभामा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्नु गौरवको विषय भएको टिप्पणी समेत गरे ।

त्यस्तै, डा शाक्यले महिला सशक्तीकरणका लागि आफूले निरन्तर पहल गर्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *