मिटर ब्याज पीडितलाई शुरुदेखिकै यथार्थ विवरण उपलब्ध गराउन जाँचबुझ आयोगको आह्वान – Nepal Press

मिटर ब्याज पीडितलाई शुरुदेखिकै यथार्थ विवरण उपलब्ध गराउन जाँचबुझ आयोगको आह्वान

काठमाडौं । अनुचित लेनदेन (मिटर ब्याज)सम्बन्धी जाँचबुझ आयोगले मिटर ब्याज पीडितलाई शुरुदेखिको यथार्थ विवरण भर्न आह्वान गरेको छ । पीडितहरुको समस्या समाधान गर्न आयोगले विवरण खुल्ने निवेदन संकलन गर्न लागेको हो ।

गृह मन्त्रालयको वेबसाइटमा राखिएको फारम भर्न पीडितलाई आयोगले आग्रह गरेको छ । सरकारले केही समयअघि मिटर ब्याज पीडितको समस्या समाधान गर्न अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले आजको मितिबाट २१ दिनभित्र फारम भरेर जिल्ला प्रशासन कार्यालयमा बुझाउन भनेको छ ।

यस्तै ऋण दिने व्यक्ति लाई पनि के केति दिएको हो, सोको विवरण खुलाई फारम भर्न भनिएको छ । मिटर व्याजसम्बन्धी जाँचबुझ आयोगले अनुचित लेनदेनको केन्द्र मधेश प्रदेश र पश्चिम नवलपरासी भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगको प्रतिवेदनले मधेशमा पहिलेदेखि नै साहु महाजन र शोषित पीडितका बीचमा गहिरो खाडल रहेको र गरिबहरू पछिल्लो समय मिटर ब्याजका कारण झन समस्यमा परेको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *