यो साता पनि सुन र चाँदीको मूल्यले राख्यो रेकर्ड – Nepal Press

यो साता पनि सुन र चाँदीको मूल्यले राख्यो रेकर्ड

काठमाडौँ । यो साता पनि विश्व बजारमा सुन तथा चाँदी दुवैको मूल्य उच्च दरले बढेर पुनः नयाँ रेकर्ड कायम गरेको छ ।

सुन भण्डारणमा लगानी बढाउने चीनको रणनीतिसँगै मूल्यमा चाप परेको विश्लेषकहरूले तर्क छ ।

साताको पहिलो दिन आइतबार र दोस्रो दिन सोमबार दुवै दिन मूल्यले एक पछि अर्को उचाइ कायम गर्दै त्यस पछिका दिनमा भने मूल्य घटेको छ ।

नेपाली बजारमा पनि यो साता सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ ।

साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख २० हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य साताको दोस्रो दिन हालसम्मकै उचाइमा पुगेर प्रति १० ग्राम १ लाख २१ हजार ५ सय ७० मा नयाँ रेकर्ड राख्यो ।

त्यसपछिका दिनमा भने क्रमशः घटेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रवार प्रति १० ग्राम सुनको मूल्य १ लाख १७ हजार ३ सय ७० कायम भयो ।

यो मूल्य साताको पहिलो दिनको तुलनामा प्रति १० ग्राम ३ हजार ४ सय ३० बढी हो । यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ ।

साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ६ सय ३७ रुपैयाँ ५० पैसा रहेको मूल्य साताको दोस्रो दिन रेकर्ड राख्दै प्रति १० ग्राम १ हजार ६ सय ६३ रुपैयाँ पुग्यो ।

जुन त्यस पछिका दिनमा भने घटेर पछिल्लो दिन शुक्रवार प्रति १० ग्राम १ हजार ५ सय ९० रुपैयाँ कायम भयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *