सेयर बजारमा थप निराशा – Nepal Press

सेयर बजारमा थप निराशा

काठमाडौं । सेयर बजारले लय पक्रिन नसकिरहेका बेला आइतबारको कारोबारले लगानीकर्तामा थप निराशाको संकेत गरेको छ ।

आइतबार नेप्से सूचक २४.५८ विन्दुले घटेर १९७४.३७ अंकमा अडिएको छ । यो दिन निर्जीवन बिमा र माइक्रो फाइनान्स बाहेक सबै समूहका सूचक घटेका छन् ।

घटेको बजारमा ३ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । लामो समयदेखि बजार बढ्ने पर्खाइमा रहेका लगानीकर्ता अहिले थप निराश भएका छन् ।

विश्लेषकहरू अब नीतिगत सुधार नभई बजार अगाडी नबढ्ने बताउँछन् । केहि दिन बढेर थोरै आशा जगाउने नेप्से फेरी घट्न थालेको छ ।

यो दिन ३१६ कम्पनीको ९७ लाख ६२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स अगाडी छ । यसको आज २ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर