कर्णाली प्रदेशकै पहिलो चारतारे होटल बन्यो सुर्खेतको सिद्धार्थ – Nepal Press

कर्णाली प्रदेशकै पहिलो चारतारे होटल बन्यो सुर्खेतको सिद्धार्थ

रुपन्देही । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित सिद्धार्थ कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बनेको छ । पर्यटन विभागले सिद्धार्थलाई चार तारा होटलमा स्तर वर्गीकरण गरेको हो ।

‘सिद्धार्थ होटललाई पर्यटन ऐन, २०३५ तथा होटल, लज, रेष्टुराँ, तथा रिजर्ट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ मा व्यवस्था भएअनुसार चार तारा होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ’, विभागले भनेको छ ।

होटलले यसअघि खाद्य व्यवस्था तथा गुणस्तर विभागबाट अति उत्तम वर्गको समेत वर्गीकरण पाएको थियो ।

कर्णाली प्रदेशकै सुविधा सम्पन्न उक्त होटलमा ४ स्वीट, ४५ डिलक्स र १५ वटा स्ट्याण्डर्ड प्रकृतिका कोठा छन् । साथै ४ वटा कन्फ्रेन्स हल, ६०० जनाभन्दा बढी क्षमताको ब्याङ्क्वेट हल, पुल, बार, रेस्टुरेन्टको व्यवस्था छ ।

यस्तै फिटनेस क्लव, स्पा, साउना, स्टिम, जीम, स्वीमिङ पुल, ब्युटीपार्लरलगायतका सुविधासमेत रहेको होटलले जनाएको छ ।
विसं २०७२ देखि सञ्चालनमा आएको होटलमा ७० जनाले प्रत्यक्ष रोजगारी पाइरहेको क्षेत्रीय निर्देशक केशव न्यौपानेले जानकारी दिए ।

२६ वर्षअघि कैलालीको टीकापुरबाट सुरू भएको सिद्धार्थ हस्पिटालिटीले हाल लक्जरी रिसोर्ट, पाँच तारे होटल र विभिन्न स्ट्याण्डर्डका होटल तथा क्याफे देशैभर सञ्चालन गरिरहेको छ । पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको यस हस्पिटालिटीले २ हजारभन्दा बढीलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर