माओवादी नेताहरूको अर्थमन्त्रीलाई सुझाव- रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने योजना ल्याउनुस् – Nepal Press

माओवादी नेताहरूको अर्थमन्त्रीलाई सुझाव- रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने योजना ल्याउनुस्

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उनको दल माओवादी केन्द्र सम्बद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन् ।

माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा पुनलाई आइतबार विभिन्न विभागका प्रमुखसँग छलफल गरे ।

मन्त्री पुन माओवादी केन्द्रका उपमहासचिव र अर्थ तथा योजना विभाग प्रमुखसमेत हुन् । कार्यक्रममा विभागीय प्रमुखहरूले बजेटमा रोजगारी सृजना गर्ने तथा उत्पादन वृद्धि गर्ने योजनामा जोड दिन आग्रह गरे ।

बजेट बनाउँदा क्षेत्रगत सन्तुलन कायम गर्न, आर्थिक/सामाजिक रूपमापछि परेका क्षेत्र तथा संविधानले नागरिकको नैसर्गिक हकका रूपमा स्वीकार गरेको स्वास्थ्य र शिक्षासहित ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकतामा राख्न उनीहरूले सुझाए ।

कार्यक्रममा अर्थमन्त्री पुनले सहभागितामूलक रूपमा बजेट निर्माण गरिने बताए । गठबन्धन दलका चुनावी प्रतिबद्धताअनुसार सरकारको नीति कार्यक्रम ल्याइने उनको भनाइ थियो ।

आफूले यसअघि विभिन्न क्षेत्रका प्रतिनिधिसँग बजेट निर्माण सम्बन्धमा सुझाव लिएको र ती सुझाव बजेट निर्माणमा समेट्ने प्रतिबद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर