बुद्ध एयरको जहाज भरतपुरमा आपतकालीन अवतरण (भिडिओसहित) – Nepal Press

बुद्ध एयरको जहाज भरतपुरमा आपतकालीन अवतरण (भिडिओसहित)

काठमाडौं । बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ । भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो ।

काठमाडौ जान लागेको युफोर ३६० नाइनएनएइई जहाज १० मिनेटमै अवतरण गराइएको हो । उडेको ३ मिनेटमै सीटमुनिबाट धुँवा फैलिन थालेपछि विमानस्थलमै जहाज अवतरण गराइएको हो ।

नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ः१६ बजे आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो । जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् ।

भरतपुर विमानस्थलका सूचना अधिकारी  विकले जहाजमा धुँवा आउनुको कारण पहिचान भैसनसकेको बताए । उनले कुनै मानवीय क्षति नभएको र जहाजमा ठूलो खराबी नआएको दावी गरे ।

बुद्ध एयरको बीच क्राफ्ट जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले यात्रु र चालक दल सबै सकुशल रहेको बताए । कुनै समस्या हुनसक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको छ । यससँगै यहाँबाट हुने हवाई उडान प्रभावित भएको छ ।

यतिबेला जहाजलाई धावनमार्गमा परिक्षण तथा आगो निभाउने काम भैरहेको छ । जहाजमा खराबी आएपछि यतिबेला अन्य उडान प्रभावित भएको छ ।


प्रतिक्रिया

One thought on “बुद्ध एयरको जहाज भरतपुरमा आपतकालीन अवतरण (भिडिओसहित)

  1. बुद्ध एयर पनि अब थोत्रो भएछ कि के हो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *