मतदानस्थलमा ‘अड्डा’ जमाएर बसे देउवा (तस्बिरहरू) – Nepal Press

मतदानस्थलमा ‘अड्डा’ जमाएर बसे देउवा (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान जारी छ । सभापतिका प्रमुख प्रत्यासी शेरबहादुर देउवा मतदानपछि मतदाता रिझाउनमा व्यस्त छन् ।

भोट हाल्न मतदाता बसेको लाइननजिकै देउवा कुर्सीमा बसेका छन् । देउवा आफूलाई भोट माग्दै मतदानस्थलमा प्रतिनिधिहरूलाई हात जोडिरहेका छन् । प्रतिस्पर्धी शेखर कोइराला पनि पल्लोपट्टी आफ्नो टिमसहित भोट माग्न व्यस्त छन् ।

हिजो भएको मतदानमा कसैले पनि बहुमत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको हो । यस मतदानमा शेरबहादुर देउवा र शेखर कोइरालाले प्रतिस्पर्धा गर्दैछन् ।

पहिलो चरणमा पराजित तीन उम्मेदवारले देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।

 

तस्बिरहरू : गौरव पौडेल। 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर