प्रतिनिधिलाई शेखरको आह्वान- गुट उपगुट बिर्सेर विवेक प्रयोग गर्नुस् (भिडिओ) – Nepal Press

प्रतिनिधिलाई शेखरको आह्वान- गुट उपगुट बिर्सेर विवेक प्रयोग गर्नुस् (भिडिओ)

‘कसले कसलाई समर्थन गर्छ, त्यो महत्वपूर्ण होइन’

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका प्रत्यासी शेखर कोइरालाले महाधिवेशन प्रतिनिधिहरुलाई गुट-उपगुट बिर्सेर विवेक प्रयोग गर्न आह्वान गरेका छन् । दोस्रो चरणको चुनावअघि पत्रकार सम्मेलन गर्दै उनले यस्तो आह्वान गरेका हुन् ।

आफूनिकट नेताहरूसहित आयोजना गरिएको पत्रकार सम्मेलनमा कोइरालाले जुनसुकै परिणाम आए पनि सहर्ष स्वीकार्ने बताए ।

कोइरालाले भने, ‘यो स्वस्थ प्रतिस्पर्धा हो । कसले कसलाई समर्थन गर्छ त्यो महत्पपूर्ण होइन । महाधिवेशन प्रतिनिधिको विवेक महत्वपूर्ण हो ।’
कोइरालाले पार्टीभित्र वृहत्तर एकताका लागि सधैँ प्रयास गर्ने बताए ।

उनले थपे, ‘म कांग्रेसको समग्र जीवन सुधार्ने र अव्यवस्थाको चाङ हटाउने प्रयास गर्नेछु । म रुपान्तरण र पुनर्जागरणको कुरा गरेर आएको छु । मेरो देश, नेपाली जनता र लोकतन्त्रको सुनिश्चित गर्न सम्पूर्ण जीवन व्यतित गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर