‘गठबन्धनका सूत्रधार रामचन्द्र हुन्, एमालेविरुद्ध तीनै तहका चुनावमा संयुक्त लड्नुपर्छ’ – Nepal Press
नेपाल टक

‘गठबन्धनका सूत्रधार रामचन्द्र हुन्, एमालेविरुद्ध तीनै तहका चुनावमा संयुक्त लड्नुपर्छ’

गण्डकीका मुख्यमन्त्री भन्छन्- गठबन्धन चुनावसम्म नगए माधव नेपालमाथि धोका हुन्छ

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले अहिलेको सत्ता गठबन्धनलाई राष्ट्रियसभासम्म मात्र नभएर आगामी तीनै तहका निर्वाचनसम्म लैजानुपर्ने बताएका छन् । एमालेको दम्भ र अधिनायकवादी शासन रोक्न अहिलेको गठबन्धन संघ र प्रदेशसम्म मात्र नभएर स्थानीय तहको चुनावसम्मै लैजानुपर्ने बताएका हुन् ।

नेपाल प्रेससँगको नेपाल टकमा भिडिओ अन्तर्वार्ताका क्रममा नेपाली कांग्रेसका नेता समेत रहेका नेपालीले सत्ताका लागिमात्र गठबन्धन गरेको भन्ने कुराले जनतामा नकारात्मक सन्देश जाने भन्दै चुनावसम्म गठबन्धन कायम राख्नुपर्ने बताए ।

उनले भने, ‘नेकपा एमालेको विरुद्ध बनेको यो गठबन्धन सत्ताको लागिमात्र हो भन्ने पार्नु हुँदैन । अहिले पनि एमालेले लोकतन्त्रको आवरणमा अधिनायकवादको प्रयास गरिरहेको छ । त्यसलाई रोक्न पनि अहिलेको गठबन्धनलाई कायमै राख्नुपर्छ । आउने तीनै तहका चुनावमा गठबन्धन गर्नुपर्छ । यद्यपि यो सजिलो विषय होइन ।

कांग्रेसभित्र चुनावसम्म गठबन्धन गर्ने कि एक्लै एमालेसँग प्रतिस्पर्धा गर्ने भन्ने दुईधार रहेको भन्दै मुख्यमन्त्री नेपालीले सभापतिमा जसले जिते पनि गठबन्धन भने कायमै रहने दाबी गरे । उनले देउवा नजिते गठबन्धन भत्किने र केपी ओली पुनः सत्तामा फर्किने भन्ने देउवानिकट नेताहरुको दावी भने चुनावी खपतका लागिमात्र भएको बताए ।

नेपालीले भने, ‘हाम्रो सभापति त सुरूमा कम्युनिष्टहरूमा गठबन्धन गर्ने कुराको विपक्षमै उभिनुभएको हो नि । रामचन्द्र पौडेलले नै हो प्रतिनिधिसभा विघटनविरुद्ध ओलीविरुद्ध गठबन्धन गर्ने प्रस्ताव राखेको । त्यसमा देउवाजी पछि प्रधानमन्त्री बन्ने बेलामामात्र आउनुभएको हो । त्यसैले देउवा हारे गठबन्धन भत्किन्छ भन्ने कुरा चुनावी स्टन्टमात्र हो ।

मुख्यमन्त्री नेपालीले गठबन्धनलाई राष्ट्रियसभा चुनावसम्म वा सरकार गठनमा मात्र सिमित राख्दा माओवादी र नेकपा एसमाथि धोखा हुने बताए । माधव नेपालले ठूलो जोखिम मोलेर सत्ता गठबन्धन बनेकोले गठबन्धन चुनावसम्म नलैजादा उनको दल संकटमा पर्ने नेपालीको भनाइ छ ।

कांग्रेसको पहिलो मुख्यमन्त्री नेपालीले कम्युनिष्ट पार्टीहरूसँग कांग्रेसको सहकार्य लामो भए पनि अहिले माओवादी र नेकपा एससँगको गठबन्धन कम्फरटेबल रहेको बताए । एमाले कांग्रेसको मुख्य प्रतिस्पर्धी समेत भएकाले एमाले भन्दा अरु कम्युनिस्ट पार्टी कांग्रेसलाई सहज भएको उनले बताए ।

कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बनिरहेका नेपाली रामचन्द्र पौडेलनिकट नेता हुन् । उनले संस्थापनइतर पक्षबाट साझा उम्मेदवारको प्रयास जारी नै रहेको भन्दै पौडेलमाथि न्याय हुनुपर्ने बताए । शशांक कोइरालाले समेत पौडेललाई छाडेकाले त्यहिँबाट सहमति खोजिनुपर्ने बताए ।

प्रस्तुत छ,

गण्डकीका मुख्यमन्त्री पोखरेलसँगको भिडिओ अन्तर्वार्ता


प्रतिक्रिया

3 thoughts on “‘गठबन्धनका सूत्रधार रामचन्द्र हुन्, एमालेविरुद्ध तीनै तहका चुनावमा संयुक्त लड्नुपर्छ’

  1. जनता एकातिर यस्ता महत्वकांक्षी अर्कोतिर समय बलवान् छ है ।

  2. यी नालायक काम केही नगर्नेलाई जनताले छाेडनेवाला छैनन्। गठबन्धन नभए एमालेले सिध्याउँछ भनेर यिनकाे साताे गएछ । अब बुझ कि मिलेर आए पनि एमालेले तिमीहरूलाई सिध्याउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर