भारतीय रक्षाध्यक्ष रावत चढेको हेलिकप्टर तमिलनाडुमा दुर्घटना – Nepal Press

भारतीय रक्षाध्यक्ष रावत चढेको हेलिकप्टर तमिलनाडुमा दुर्घटना

काठमाडौं । भारतीय रक्षाध्यक्ष (सीडीएस) विपिन रावत चढेको हेलिकप्टर तमिल नाडुको कुन्नूर क्षेत्रमा दुर्घटना भएको छ ।

बिबिसी हिन्दीका अनुसार हेलिकप्टरमा उनी लगायत वरिष्ठ सैन्य अधिकारीहरु पनि सवार थिए ।

भारतीय वायु सेनाले एमआई–१७ वी ५ रहेको बताइएको छ । दुर्घटनामा परेका रावत लगायतको अवस्थाबारे भने अहिलेसम्म केही खुलेको छैन ।

भारतीय अंग्रेजी अखबार इण्डियन एक्सप्रेसका अनुसार हेलिकप्टरमा रावतकी श्रीमतीसहित ७ जना सवार थिए । भारतीय वायु सेनाले दुर्घटनाको कारणबारे अनुसन्धान गर्न आदेश दिइएको बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर