उम्मेदवार छान्न देउवा निवासमा कांग्रेस संस्थापन पक्षको बैठक, निधिलाई बोलाइएन – Nepal Press

उम्मेदवार छान्न देउवा निवासमा कांग्रेस संस्थापन पक्षको बैठक, निधिलाई बोलाइएन

काठमाडौं । आसन्न महाधिवेशनमा पदाधिकारीका उम्मेदवार तय गर्न र केन्द्रीय सदस्यहरूका प्यानल बनाउनेबारे छलफल गर्न नेपाली कांग्रेसको संस्थापन पक्षको बैठक बसिरहेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलण्ठमा बसेको बैठकमा उपसभापति विमलेन्द्र निधिलाई भने बोलाइएको छैन ।

यसअघि संस्थापन पक्षमै रहेका निधिले सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । निधिले आफूलाई बैठकमा नबोलाइएको भन्दै संस्थापन पक्षले आफूलाई नबोलाउनु स्वाभाविक रहेको प्रतिक्रिया दिए ।

बैठकमा अन्य पदाधिकारी र देउवा पक्षधर केन्द्रीय सदस्यहरू छन् । संस्थापन पक्षबाट सभापतिमा देउवालाई निधिले चुनौती दिएकाले उनलाई बैठकमा नबोलाइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर