सार्वजनिक सरोकारमा प्रधानमन्त्रीलाई विपक्षी विद्यार्थी संगठनको ध्यानाकर्षण, देउवाले भने- पोजेटिभ छु – Nepal Press

सार्वजनिक सरोकारमा प्रधानमन्त्रीलाई विपक्षी विद्यार्थी संगठनको ध्यानाकर्षण, देउवाले भने- पोजेटिभ छु

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा विपक्षी विद्यार्थी संगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा पेट्रोलियम पर्दाथको मूल्य घटाउनुपर्ने, विद्यार्थीलाई सार्वजनिक यातायातमा छुट दिने प्रावधान कडाइ साथ पालना गराउनुपर्ने र त्रिविमा आन्तरिक प्रतिस्पर्धाका नाममा योग्यलाई रोक्न खोजिएको भन्दै त्यसलाई सच्याउन माग गरिएको छ ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले प्रधानमन्त्री देउवाले ज्ञापन पत्र बुझ्दै आफूले सकरात्मक रूपमा लिएको र पूरा गर्ने आश्वासन दिएको बताइन् । ‘उहाँले धेरै बोल्नु भएन,’ देउवाको भनाइ उद्धृत गर्दै बरालले भनिन्, ‘पोजेटिभ रूपले लिएको छु भन्नु भयो।’

विपक्षी विद्यार्थीको गठबन्धनमा ६ विद्यार्थी संगठन संलग्न छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर