अमेरिकी कूटनीतिज्ञले बेइजिङ ओलम्पिक बहिस्कार गर्ने – Nepal Press

अमेरिकी कूटनीतिज्ञले बेइजिङ ओलम्पिक बहिस्कार गर्ने

न्यूयोर्क । अमेरिकाले चीनको राजधानी बेइजिङमा हुने हिउँदे ओलिम्पिकलाई कूटनीतिक रूपमा बहिस्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकार उल्लंघनमा घटनामा बृद्धि भएको आरोप लगाउँदै अमेरिकाले हिउँदे ओलम्पिक बहिस्कारको घोषणा गरेको हो । तर, अमेरिकी खेलाडी भने प्रतियोगितामा सहभागी हुने सरकारले जनाएको छ ।

चीनले सिन्जियाङका अल्पसंख्यक मुसलमानलाई दमन गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ । हङकङको राजनीतिक स्वतन्त्रतामा दमन गरेको पनि अमेरिकाले चीनमाथि आरोप लगाउँदै आएको छ ।

एक महिनाअघि मात्र अमेरिकी राष्ट्रपति जो बाइडनले शीतकालीन ओलिम्पिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताएका थिए।

चीनमा भइरहेका मानव अधिकार हनन र दुर्व्यवहारका घटनाको विरोधमा अमेरिकाले कूटनीतिक तरिकाले बेइजिङ ओलम्पिक बहिष्कार गर्नुपर्ने डेमोक्रयाटिक र रिपब्लिकन नेताहरुले बताउँदै आएका थिए ।

बेइजिङ ओलम्पिक आगामी ४ फेब्रुवरीदेखि सुरु हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर