सैं पनि एमालेकी गायिका प्रिया भण्डारी दाम्पत्य जीवनमा प्रवेश – Nepal Press

सैं पनि एमालेकी गायिका प्रिया भण्डारी दाम्पत्य जीवनमा प्रवेश

बुटवल । लोकगापियका प्रिया भण्डारीले अमेरिकामा बस्ने युवकसँग बुटवलमा विवाह गरेकी छन् । सैं पनि एमाले, मै पनि एमाले बोलको गीतमा बद्री पंगेनीसँगै स्वर दिएपछि चर्चामा आएकी गायिका भण्डारीले दर्जनौं व्यवसायिक गीतहरु पनि गाएकी छन् ।

तर उनको अहिलेसम्मकै लोकप्रिय गीत भने एमालेको चुनावी गीत नै हो । नेकपा विभाजनको बेला ‘एकता तोडेर नजाउ साथी हो’ भन्ने बैकुण्ठ महत र उनको स्वर रहेको गीत पनि लोकप्रिय बनेको थियो ।

पछिल्लो पटक एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सार्वजनिक भएको बैकुण्ठ भण्डारीको ‘हाम्रो नेपालमा राम्रो एमाले’ बोलको गीतमा पनि उनले स्वर दिएकी छन् ।

पाल्पाका प्रभात अधिकारीसँग उनको आइतबार विवाह भएको हो । प्रियालाई आशिर्वाद दिन एमालेका नेताहरु खिमलाल भट्टराई, लिला गिरी, भुमिश्वर ढकाल, अनेरास्ववियुका उपाध्यक्ष यमराज पाण्डे लगायत बुटवल पुगेका थिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर