अमेरिकामा कोरोनाको पाँचौ लहर आउनसक्छ : डा. फौची – Nepal Press

अमेरिकामा कोरोनाको पाँचौ लहर आउनसक्छ : डा. फौची

न्यूयोर्क । प्रमुख अमेरिकी चिकित्सा सल्लाहकार डा. एन्थोनी फौचीले अमेरिकामा कोरोनाभाइरसको पाँचौँ लहर आउनसक्ने चेतावनी दिएका छन् । राष्ट्रपति जो बाइडनका वरिष्ठ संक्रामक रोग विशेषज्ञ फौचीले ओमिक्रोन भेरिएन्टका कारण पाँचौँ लहरको सम्भावना रहेको बताएका हुन् ।

उनका अनुसार खोप लगाउने व्यक्तिको संख्या धेरै भएको र बुस्टर डोज पनि लगाइरहेकाले त्यसको खतरालाई रोक्न सक्ने सम्भावना रहेको उनको भनाइ छ । ‘हामीकहाँ पाँचौँ लहर आउन सक्ने सम्भावना छ’ उनले भने, ‘पाँचौँ लहर वा संक्रमण बढ्ने र नबढ्ने कुरा हामीले आउँदा केही हप्ता वा महिनामा कस्तो कदम चाल्छौँ भन्नेमा निर्भर रहन्छ ।’

अझै पनि ६ करोड २० लाख अमेरिकीले खोप लगाउन बाँकी रहेको र उनीहरूलाई तत्काल खोपको व्यवस्था गरिनुपर्ने डा. फौचीले बताए । बताएका छन् ।

संक्रमणबाट अमेरिकामा ७ लाख ७६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । ५ करोडलाई संक्रमण भइसकेको छ । फौचीले विगतमा भएका राम्रा र नराम्रा कुराको मूल्यांकन गर्दै अगाडि बढ्नुपर्ने पनि बताएका छन् । विगतमा अमेरिकाले महामारी नियन्त्रणमा राजनीतिकरण गरेकै कारणले ठूलो मूल्य चुकाउनुपरेको पनि उनको भनाइ छ ।

मंगलबार दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरिएन्ट ‘बी.१.१.५२९’ पुष्टि भएको थियो । विश्व स्वास्थ्य संगठनले सो भेरिएन्टलाई ओमिक्रोन नाम दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर