विश्वप्रकाशलाई गृहजिल्लामै धक्का, सिटौलाका उम्मेदवार सभापतिमा विजयी – Nepal Press

विश्वप्रकाशलाई गृहजिल्लामै धक्का, सिटौलाका उम्मेदवार सभापतिमा विजयी

काठमाडौं । नेपाली कांग्रेस झापाको सभापतिमा देउमान थेवे निर्वाचित भएका छन् । कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको समर्थनमा थेवे सभापतिमा विजयी भएका हुन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको समर्थन रहेका उम्मेदवार राम कट्टेल २ सय ५० मतले पराजित भए ।

सभापतिमा निर्वाचित थेवेले १ हजार ७ सय ६५ मत ल्याउँदा कट्टेलले १ हजार ५ सय १५ मत ल्याए । उपसभापतिमा केशवाराज पाण्डे र शेरबहादुर भट्टराई तथा सचिवमा नवीन विमली र कृष्ण हुमागाँई निर्वाचित भए । त्यस्तै सहसचिवमा कालेन्द्रप्रसाद राजवंशी र कमलप्रसाद भण्डारी निर्वाचित भए ।

कांग्रेसको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका प्रवक्ता शर्मालाई गृहजिल्लामा व्यहोरेको हारले धक्का लागेको छ । झापाको राजनीतिमा सिटौला र शर्माबीच लामो समयदेखि प्रतिस्पर्धा रहँदै आएको छ ।

१२ औं महाधिवेशनमा प्रवक्ता शर्मा आफैं झापा कांग्रेसको सभापतिमा पराजित भएका थिए । १३ औं महाधिवेशनमा सहमतिमै सिटौला पक्षका उद्धव थापा सभापति निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर