एमाले महाधिवेशनप्रति बाबुराम भट्टराईको टिप्पणी– निभ्ने बेलाको दीयो चम्कियो – Nepal Press

एमाले महाधिवेशनप्रति बाबुराम भट्टराईको टिप्पणी– निभ्ने बेलाको दीयो चम्कियो

रुपन्देही । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले महाधिवेशनलाई ‘निभ्ने बेला चम्केको दीयो’ भन्दै टिप्पणी गरेका छन् । आइतबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा उनले राष्ट्रिय राजनीतिले जनतालाई भ्रममा पारेको बताउँदै चितवनमा जारी एमालेको महाधिवेशनलाई ‘गाइजात्रा’को संज्ञासमेत दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दरबारिया शक्तिको मिलेमतोमा प्रतिगमनको नेतृत्व गरेको उनको आरोप छ । ‘ओलीले दरबारिया शक्तिसँग मिलेर प्रतिगमनको नेतृत्व गरिसकेका छन्, चितवनको पन्चेभेलाले त्यहीं सन्देश दिएको छ, यो पन्चर्यालीमा भएको सहभागिताले अग्रगमनको नेतृत्व गर्न सक्दैन, यो निभ्नेबेलाको बत्ती हो’, भट्टराईले भने, ‘कांगे्रस, एमालेजस्ता पुराना राजनीतिक दलबाट देश नचल्ने भएकाले नयाँ राष्ट्रवादी शक्ति आवश्यक रहेको छ ।’

माओवादी अध्यक्ष प्रचण्डले पुराना माओवादी एकताको प्रसंगमा भट्टराईले अहिले नै प्रचण्डसँग अंगालो राख्ने समय नआएको बताए । ‘माओवादी गलत बाटोमा छ, अहिले एकताको अवस्था छैन, सुध्रिएर आएसोच्न सकिन्छ’, उनले भने ।

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले जनतालाई जागरुक बनाउन र संगठन विस्तारका लागि जागरण अभियान सञ्चालन गरिएको बताए । उनले एमालेबाट कुनै अपेक्षा गर्न नसकिने दावी गर्दै जसपाले जनताको अपेक्षाअनुसार काम गरेको बताए ।


प्रतिक्रिया

One thought on “एमाले महाधिवेशनप्रति बाबुराम भट्टराईको टिप्पणी– निभ्ने बेलाको दीयो चम्कियो

  1. राजनीतिक संस्कार नभएको निकृष्ट मान्छे । को निभ्न लागेको दियो हो त्यो हामीले देखिरहेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर