सेयर बजार परिसुचक नेप्से ३२.३१ अंकले घट्यो, ४ अर्ब १६ करोड रुपैयाँ कारोबार – Nepal Press

सेयर बजार परिसुचक नेप्से ३२.३१ अंकले घट्यो, ४ अर्ब १६ करोड रुपैयाँ कारोबार

काठमाडौं । सेयर बजार परिसुचक नेप्से ३२.३१ अंकले घट्दै २७३३.१२ अंकको विन्दुमा कारोबार बन्द भएको छ ।

२२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता सेयर किनवेच भएको नेप्सेमा ४ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यसैगरी सेन्सेटिभ परिसुचक समेत करिब ४ अंकले घट्दै ५१५.४८ अंकको विन्दुमा पुगेको छ ।

समूहगत उपसुचक तर्फ अन्य समूहको बाहेक सबै समूहको कारोबारमा गिरावट आएको छ ।

सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको कारोबार करिब २०२ अंकले घटेको छ । यसैगरी जीवन बीमा समूहको १९१, उत्पादन तथा प्रसोधन समूहको १०१ अंक, होटल तथा पर्यटन समूहको करिब ९४ अंक, लघुवित्त वित्तीय समूहको ५६ अंकले कारोबार घटेको छ ।

सेयर बजार घटेपनि मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार १० प्रतिशतले बढेको छ ।

यसैगरी ४१ अर्ब १५ करोड रुपैयाँ बाराबरको सेयर कारोबार गर्दै नेपाल दुरसञ्चार कम्पनी कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर