नेकपा एसको आचारसंहिता- मञ्चमा धेरै अतिथि नराख्ने, लामो भाषण नगर्ने – Nepal Press

नेकपा एसको आचारसंहिता- मञ्चमा धेरै अतिथि नराख्ने, लामो भाषण नगर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले कार्यक्रमहरू गर्दा अब मञ्चमा थोरै अतिथि राख्ने र भाषण पनि सकेसम्म छोटो गर्न प्रेरित गर्ने भएको छ ।

मञ्चमा धेरै अतिथि राख्दा र लामो-लामो भाषण गर्दा कार्यक्रम नै प्रभावकारी नहुने भन्दै यस्तो आचारसंहिता बनाएको हो ।

नेकपा एसले यसको कार्यान्वयन भने दुई दिन चलेर हिजो सकिएको केन्द्रीय कमिटी बैठकबाटै शुरु गरेको बताएको छ । शनिबार सुरू भएको नेकपा एसको केन्द्रीय कमिटी बैठकको मञ्चमा चार नेतामात्रै थिए ।

अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष एवम् वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र महासचिव बेदुराम भुसालमात्रै मञ्चमा थिए ।

स्थायी कमिटी सदस्यहरूलाई पनि मञ्चमा राखिएको थिएन । अन्य पार्टीको कार्यक्रममा स्थायी कमिटी सदस्य राख्ने गरेका छन् ।

त्यस्तै सोमबार पार्टीनिकट अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणा तथा सपथ ग्रहण समारोहमा थोरै अतिथिमात्रै राखिएको थियो ।

कार्यक्रममा राष्ट्रिय गीत, कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय गीत र सम्बन्धित कार्यक्रमको गीत बजाइनेछ ।


प्रतिक्रिया

One thought on “नेकपा एसको आचारसंहिता- मञ्चमा धेरै अतिथि नराख्ने, लामो भाषण नगर्ने

  1. अध्यक्ष कमरेड धेरै वाेल्नु हुदाे रहेछ। वहालाई पनि भन्नू पयाे ।

Leave a Reply to अानन्द श्रेष्ठ Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर