सर्वोच्च अगाडि प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन, प्रहरीकाे धरपकड (तस्बिरहरु) – Nepal Press

सर्वोच्च अगाडि प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन, प्रहरीकाे धरपकड (तस्बिरहरु)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरोधमा बार एसोसिएसनले आन्दोलन जारी राख्दा उनका समर्थकहरुले पनि प्रदर्शन गरेका छन् । सर्वोच्च परिसरमा प्रधानन्यायाधीस पक्षधरले प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको छ ।

बारको आन्दोलनका कारण न्यायमा अवरोध भएको भन्दै उनीहरुले प्रधानन्यायाधीशको पक्षमा नारावाजी गरेका थिए । उक्त प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले बल प्रयोग गर्दै नियन्त्रणमा लिएको छ ।

प्रधानन्यायधीसको राजीनामा माग्दै बारले पनि प्रदर्शन सुरु भएको छ । बारका वकिलहरुले विभिन्न नारा लेखिएका कालो ब्यानरहरु प्रदर्शन गरेका छन् । कानून व्यवसायीले आज पनि सुरक्षा घेरा तोडेर मुल गेटमा प्रदर्शन गर्न पुगेका छन् । सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर