ललितपुरको मंगलबजारमा ग्यास सिलिण्डर विस्फोट हुदाँ एकै परिवारका चार जनाको मृत्यु (नामावलीसहित) – Nepal Press

ललितपुरको मंगलबजारमा ग्यास सिलिण्डर विस्फोट हुदाँ एकै परिवारका चार जनाको मृत्यु (नामावलीसहित)

काठमाडौं । ललितपुरको उपमहानगरपालिका वडा नम्बर १२ मगंलबजारमा ग्यास सिलिन्डर विस्फोट हुँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ । त्यस्तै दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ६५ वर्षका घरधनी लक्ष्मीकृष्ण ताम्राकार, ३५ वर्षका बुहारी रचना ताम्राकार, ३५ वर्षकै छोरी अञ्जना ताम्राकार, र १० वर्षका बालक नाती निर्जल ताम्राकार रहेका  छन् । यस्तै घटनामा परेर मृतक घरधनीका ४२ वर्षका छोरा निरज ताम्राकार र ३२ वर्षका बुहारी सिर्जना ताम्राकार गम्भिर घाइते भएका छन् । उनिहरुको पाटन अस्पतालमा उपचार जारी रहेको महानगरीय प्रहरी परिसर ललिपुरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले नेपाल प्रेसलाइ जानकारी दिए ।

प्रहरीका अनुसार स्थानीय घरधनी ताम्राकारको घरमा ग्यास विस्फोट हुदाँ घर पूर्णरुपमा क्षति भएको छ । साझ पौने सात बजे प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको हो । घाइतेलाई उपचारको लागि पाटन अस्पताल लगिएको छ।

घटना भएको घरमा ११ जना घरपरिवार बसिरहेका थिए । जसमध्ये चार जनाको मृत्यु भइसकेको छ भने, दुइ जना घाइते भएर अस्पतालमा उपचाररत रहेका छन् भने पाँच जनाको सकुशल उद्धार भएको घटना स्थलमा रहेकी महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्रचार्यले नेपाल प्रेसलाइ जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर