१६औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७८ फागुन ७ मा, पुरस्कार राशी बढ्यो – Nepal Press

१६औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०७८ फागुन ७ मा, पुरस्कार राशी बढ्यो

काठमाडौं । ‘१६औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन-२०७८’ फागुन ७ गते हुने भएको छ । १६औं संस्करण व्यवस्थितरूपमा संचालन गर्न २१ वटा उपसमिति गठन गरी तयारी अगाडि बढेको आयोजकले जानकारी दिएको छ ।

वर्तमान विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणा अनुरुप नै सुन्दर पर्यटकीय नगरी पोखरालाई पनि खेलकुदको विश्व मानचित्रमा स्थापित गराई खेलकुद पर्यटन प्रवर्द्धन गर्न र वर्षको एक दिन यस प्रतियोगितालाई शहरकै उत्सवको रूपमा मनाई म्याराथन प्रतियोगिताको पाल भूतपर्व खेलाडी मञ्चले आयोजना गर्दै आईरहेका छ ।

आफ्नो युवा अवस्थामा खेलाडीको रुपमा यस क्षेत्र लगायत राष्ट्रकै प्रतिनिधित्व गरिसकेका कर्मयोगी पुराना खेलाडीहरू तथा राष्ट्रको खेलकुद विकासमा विशिष्ट योगदान पुऱ्याउने खेलप्रेमीहरूको साझा संगठन नेपाल भूतपर्व खेलाडी मञ्चको गठन वि.सं. २०५८ सालमा भएर हो विविध खेलहरूसँग आवद्ध सदस्यहरूको संलग्नता रहेको मञ्चको प्रमुख उद्देश्य मुलुकको खेलक्षेत्रको विकासमा सहयोग पुऱ्याउने र खेलकुदको महत्वबारे जनचेतना अभिवृद्धि गराउँदै समाजमा खेल संस्कृतिको विकास गराउनु हो ।

गत दुई वर्षदेखि फागुनको पहिलो साताको शनिबार पोखरा म्याराथन आयोजना गर्ने निर्णय बमोजिम यो वर्ष फागुन ७ गते, शनिवार “१६औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन-२०७८” हुन लागेको हो ।

यो वर्ष पुरस्कार राशीमा बढोत्तरी गर्दै पोखरा म्याराथनमा सहभागी हुने धावकहरूलाई थप आकर्षण दिने प्रयास गरेको आयोजकले बताएको छ । खुल्ला ४२.१९५ किमि म्याराथनतर्फी नेपाली खेलकुद इतिहासकै सर्वाधिक ४ लाख पुऱ्याइएको छ । द्वितीय लाई २ लाख, तृतीयलाई १ लाख र सान्त्वना स्वरुप चौथो हुने धावकलाई ३० हजार प्रदान गर्ने आयोजकले बताएको छ ।

आगामी तीन वर्षमा पोखरा म्याराथनलाई म्याराथनहरूको अन्तर्राष्ट्रिय छाता संस्था (एम्स)मा दर्ता गराउने योजनासँगै पुरस्कार प्रथम राशी १० लाख पुऱ्याउने लक्ष्य राखेको आयोजकले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *