अदालतको गुटबन्दीप्रति ओलीको टिप्पणी-सट्टापट्टामा परमादेश जारी गर्नेले न्यायपालिकाको हुर्मत लिदैछन् – Nepal Press

अदालतको गुटबन्दीप्रति ओलीको टिप्पणी-सट्टापट्टामा परमादेश जारी गर्नेले न्यायपालिकाको हुर्मत लिदैछन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालत गुटबन्दीको अखडा भएको भन्दै यसमा टुप्पो (प्रधान न्यायाधीश)मात्र नभएर परमादेश जारी गर्ने सबै न्यायाधीशको अनुहार उस्तै रहेको टिप्पणी गरेका छन् ।

गृहजिल्ला झापामा रहेका ओलीले गौरादहमा आयोजित कार्यक्रममा न्यायाधीशहरु आफैं आरोप प्रत्यारोप र मारामारीमा उत्रिएर दुनियाँमा नभएको जात्रा देखाइरहेको बताए ।

ओलीले अदालत सट्टा पट्टामा चलेको र सत्ता गठबन्धनसँग मिलेमतो गर्दा न्यायको हुर्मत लिइएको बताए । अध्यक्ष ओलीले भने, ‘अदालतको हुर्मत लिने काम भइरहेकोे छ। कहिले परमादेश जारी गरेर दुनियाँमा नभएको जात्रा देखाइरहेका छन्,’ ‘कहिले गुटबन्दी, कहिले सट्टापट्टाको कुरा सुनिन्छ। हामी सबैले विश्वास गर्ने, कोही भएन भने न्याय पाउँछौँ विश्वास गर्ने ठाउँमा न्यायाधीश आफैँ आरोप–प्रत्यारोप र मारामार गरेका छन्।

ओलीले न्यायलाई सट्टा पट्टा गरेपछि अदालतको सम्मान घटेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर