११ जना अफगान नागरिक सिनामंगलबाट नियन्त्रणमा – Nepal Press

११ जना अफगान नागरिक सिनामंगलबाट नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राजधानीको सिनामंगलबाट ११ जना अफगान नागरिकलाई नियन्त्रणमा लिएको छ । सोमबार बिहान उनीहरु बसिरहेको घरमा पुगेको ब्यूरोको टोलीले छापा हानेर नियन्त्रणमा लिएको ब्यूरोका सूचना अधिकारी श्यामकुमार महतोले नेपाल प्रेसलाई जानकारी दिए ।

उनीहरु केही दिनअघि सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएका थिए । काठमाडौं आइपुगेका उनीहरुलाई राष्ट्रसंघीय शरणार्थी उच्चायोगले सिनामंगलस्थित एक घरमा राखेको थियो । पक्राउ परेकालाई अध्यागमन कार्यालयमा बुझाउने तयारी भएको ब्यूरोले जनाएको छ ।

काठमाडौंस्थित युएनएचसीआरले गुपचुपरुपमा अफगानिस्तानका नागरिकलाई अस्थायी आश्रय दिएर राखेपनि प्रशासनले थाहा पाएको थिएन । ढिलो गरी सूचना पाएपछि गृह मन्त्रालयले आइतबार बेलुका भारतसँगको सीमा नाका लगायतबाट हुने शरणार्थीको गैरकानूनी आगमनलाई कडाइ गर्न मातहतका प्रशासनलाई निर्देशन दिएको थियो ।

मन्त्रालयको निर्देशनपछि दक्षिणतर्फका सबै सीमानाकामा सुरक्षा जाँचलाई कडा पारिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर