ए डिभिजन लिग खेल्न एलान न्यौपाने नेपाल फर्किने चर्चा! – Nepal Press

ए डिभिजन लिग खेल्न एलान न्यौपाने नेपाल फर्किने चर्चा!

काठमाडौं । दुई वर्षअघि अस्ट्रेलिया गएका नेपाली गोलकिपर एलान न्यौपाने आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्न स्वदेश फर्किने चर्चा सुरु भएको छ ।

यसअघि थ्री स्टार, च्यासल युथ क्लबबाट नेपालको शीर्ष डिभिजनको लिग खेलिसकेका एलानलाई कात्तिक २९ गतेबाट सुरु हुने आसन्न सिजनका लागि नेपाल फर्काउने चर्चा चलिरहेको छ ।

केही समयअघिसम्म नेपाल यु–२३ को टोलीका नियमित गोलपिकरसमेत रहेका एलानलाई हिमालयन शेर्पा क्लबले भित्र्याउने प्रयास गरिरहेको क्लब स्रोतबाट बुझिएको छ । स्रोतका अनुसार उनलाई नेपाल भित्र्याउनका लागि हवाई टिकटको प्रक्रियासमेत अगाडि बढाइएको छ ।

यद्यपि, राष्ट्यि टोलीमा नियमित स्थान बनाएका एलानले दुई वर्षअघि गरेको अस्ट्रेलिया जाने निर्णयका कारण ए डिभिजन लिगका लागि आउने चर्चा धेरैले पत्याएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *