महाकालीको बाढीले खतराको सतह नाघ्यो, किनारका बस्ती डुबानमा – Nepal Press

महाकालीको बाढीले खतराको सतह नाघ्यो, किनारका बस्ती डुबानमा

कर्णालीमा पनि खतरा

कैलाली । लगातारको वर्षाले महाकालीको बाढीले खतराको सतह पार गरेको छ । महाकालीमा एक लाख क्युसेक पानी पुगेमा खतरा मानिन्छ ।

मंगलबार बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको सतह बढेर चार लाख ६१ हजार पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपानेले जानकारी दिए ।

‘निरन्तर सतह बढिरहेको छ’ उनले भने ‘अहिले खतराको सतहभन्दा निकै माथि पानी पुगेको छ । ’

नदीमा पानीले खतराको सतह नाघेपछि शारदा ब्यारेजमा आवागमनमा रोक लगाइएको छ । नदी किनारका बस्तीहरूमा पनि डुबानमा पर्न थालेको उनले बताए ।

‘अहिले कति बस्ती डुबानमा प¥यो भन्नेबारे हामीले तथ्याङ्क लिइरहेका छौँ’ उनले भने ‘तथ्यांक संकलनसँगै उद्धारको काम पनि भइरहेको छ ।’

आइतबारदेखि अबिरल परिरहेको झरीले यहाँका साना ठूला नदीहरूमा समेत बढी आइरहेको छ ।

कर्णालीमा पनि खतरा

यता कर्णाली नदीले पनि सतर्कता तह पार गरेको छ । जल तथा मौसम कार्यालय कोहलपुरका अनुसार कर्णालीमा पानीको सतह १०.५० मिटर पुगेको छ । यहाँ १० मिटरभन्दा माथि पुगे सतर्कता तह र १०.८० पुगे खतराको तह हो ।

जल तथा मौसम कार्यालय कोहलपुरले नदीको सतह अझै बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रदेश २ का जिल्लाहरुमा मुसलाधारे वर्षा जारी छ । नागरिकहरु घरबाट निस्किन सकेका छैनन् । जनजीवन प्रभावित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *