इण्डियन प्रिमियर लिगको उपाधिका लागि चेन्नाई र कोलकाता भिड्ने – Nepal Press

इण्डियन प्रिमियर लिगको उपाधिका लागि चेन्नाई र कोलकाता भिड्ने

एजेन्सी । दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गरेपछि यो संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिका लागि कोलकाता नाइट राइडर्स र चेन्नाई सुपर किंग्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

पहिलो क्वालिफायरमा चेन्नाईसँग पराजित भएको दिल्लीले दोस्रो अवसर पनि गुमायो । कोलकाताले इलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई पराजित गरेको हो ।

कोरोना महामारीका कारण ६ महिनाअघि सुरु भएको आईपीएल बीचमा रोकिएको थियो । यही महिनादेखि पुनः सुरु गरिएको हो ।

गएराति दिल्लीले टस हारेर ब्याटिङ गरी १३५ रनको योगफल खडा गरेको थियो । यो संस्करणमा सन्तुलिग प्रदर्शनका लागि चिनिएको दिल्लीले प्लेअफका दुई महत्वपूर्ण खेलमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन ।

जवाफमा कोलकाताले १ बल अगाडि लक्ष्य पूरा गरेको हो । सुरुआत राम्रो भए पनि कोलकाताको मध्यपंक्ति ध्वस्त भएको थियो । २ बलमा ६ रन चाहिएको अवस्थामा राहुल त्रिपाठीले छक्का प्रहार गरी १ बल अगावै खेल जिताएका हुन् ।

फाइनल खेल भोलि हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *