नेपाली गायनमा मिका सिंहको डेब्यु : गाए नेपाली गीत ‘बोतलको बिर्को’ (भिडिओ) – Nepal Press

नेपाली गायनमा मिका सिंहको डेब्यु : गाए नेपाली गीत ‘बोतलको बिर्को’ (भिडिओ)

काठमाडौं। बलिउड गायक मिका सिंहले नेपाली गायनमा डेब्यु गरेका छन् । उनको आवाजमा रहेको नेपाली गीत ‘बोतलको बिर्को’ आज इन्टरनेट रिलिज भएको छ । मुम्बई स्टूडियोमा रेकर्ड गरिएको गीतमा सिम्रन दुग्गल र रिया दुग्गलको सिमेट्री छ । युग भुषालको संगीत रहेको गीतमा शेखर अस्तित्वको शब्द रचना छ ।

विभोर पोखरेल र दीलिप समनको संयुक्त निर्देशन रहेको भिडिओमा नेपाली फिल्मका दुई अभिनेता आर्यन सिग्देल र पल शाहसँगै मोडल दुर्गेश थापाको पनि अभिनय छ । आर्यनको जोडीको रुपमा एलिसा शर्मा, पलको जोडी श्रेया संग्रौला र दुर्गेशको जोडी कविता नेपालीसँग बाँधिएको छ ।

दीलिप न्यौपाने कार्यकारी निर्माता र रोशन पराजुली निर्माता रहेको भिडिओमा अस्मिता लामिछाने सह-निर्माताको रुपमा छिन् । सुप्रिम पराजुलीकोे सम्पादन र कलर ग्रेडिङ, राविज समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन, विजय बस्यालको पब्लिसिटी डिजाइन, सुमन अधिकारीको फोटोग्राफी रहेको गीतको भिडियोको हेड अफ प्रोडक्सन मनोज जोशी, प्रोडक्सन म्यानेजर विशाल कार्की, विक्रम तामाङ र अमृत कुमार चन्द हुन् ।

भिडिओका निर्माता रोशन पराजुलीले यो गीतको हिन्दी भर्सन पनि तयार भइसकेको बताए । उनी यो गीतको अडिओ र भिडिओ निर्माण गर्न निकै मिहिनेत गरेकाले दर्शकलाई मनपर्नेमा विश्वास व्यक्त गरे । हेर्नूस गीत :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर