गरामनीका अपांगता भएका व्यक्तिलाई मुखिया दम्पतीको खाद्यान्न सहयोग

२०७८ असोज २४ गते १२:११

झापा । यहाँका एक समाजसेवी दम्पतीले अपांगता भएका व्यक्तिहरूलाई राहत वितरण गरेका छन् ।
विर्तामोड-५ निवासी व्यवसायी तथा समाजसेवी गोपाल मुखिया र पत्नी बबिता राईले सोही नगरपालिकाको वडा नं. ७ र ८ का अपांगता भएकाहरूलाई राहतस्वरूप खाद्यान्नलगायतका सामग्री वितरण गरेका हुन् ।
गरामनीमा आयोजित एक कार्यक्रमका बीच मुखियादम्पतीले चामल, नुन, तेललगायतका खाद्या सामग्री वितरण गरे । कार्यक्रममा सहभागीले गोपाल र बबिताको सेवामुखी कार्यको सराहना गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर