वागमती प्रदेशमा एग्रिगेटर सूचना बैंक स्थापना – Nepal Press

वागमती प्रदेशमा एग्रिगेटर सूचना बैंक स्थापना

काठमाडौं । सञ्चार रजिष्ट्रार कार्यालयले वागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक सुरू गरेको छ ।

प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्थाबमोजिम आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजयक्रान्तिले उद्घाटन गरे । यस सूचना बैंकमा प्रदेशका सात वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभासहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट पाउन सक्ने बनाइएको छ ।

‘नेपालमा पहिलोपटक वागमती प्रदेशमा सूचना बैठक सञ्चालनमा आउन सक्नु गर्वको विषय हो । अहिले १४ वटा कार्यालयको सूचना सूचना बैंकमा आउनेछ । वागमती प्रदेशका ११९ वटै स्थानीय तहका सूचना आउने सक्ने गरी बनाउन सकिनेछ । सूचना बैंकलाई व्यवस्थित गर्न निर्देशक समितिले निर्देशन दिनेछ’ मन्त्री शाक्यले भने ‘अबवागमती प्रदेशको सूचना पाउन कतै भौतारिनु पर्दैन,सूचना बैंकमा सर्च गर्दा हुन्छ । बागमती प्रदेशले सूचना प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको यो एउटा गतिलो उदाहरण हो ।’

आन्तरिक मामिला तथा कानून मन्त्रालय सचिव मदन भुजेलले सूचना बैंकको प्रभावकारीता र उपयोगितालाई बढाउनु पर्नेमा जोड दिए । वागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाका अनुसार सूचनाका उपभोक्ताले सूचना प्राप्त गर्न सम्बन्धित कार्यालयको वेवसाइट सर्च गर्नु पर्दैन, सूचना बैंकको पोर्टलमा सर्च गर्दा ती १४ वटै कार्यालयका वेवसाइटमा राखिएका सूचना पाउन सक्ने गरी बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर