पार्टी विभाजनबारे विष्णु पौडेलको टिप्पणी- मयल पखालिएर एमाले स्वस्थ भयो – Nepal Press

पार्टी विभाजनबारे विष्णु पौडेलको टिप्पणी- मयल पखालिएर एमाले स्वस्थ भयो

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले माधव नेपाल समूहलाई पार्टीभित्रको मयलको संज्ञा दिएका छन् । विभाजनपछि मयल पखालिएर पार्टी झनै स्वस्थ, सुन्दर र मजबुत भएको उनले दावी गरे ।

नेकपा एमाले पाल्पा-काठमाडौँ सम्पर्क मञ्चले दसैँ-तिहारको अवसर पारी विहीबार राजधानीमा आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीबाट बाहिरिने माधव नेपाल समूहको निर्णयले आफूहरुलाई घाटा नहुने बताए ।

उनले भने, ‘आमजनताको चाहना पार्टी एकढिक्का होस् भन्ने नै थियो । तर, पार्टीभित्रैको एउटा समूह पार्टीलाई क्षतविच्छेद गराउन चाहन्थ्यो । त्यही समूह अहिले बाहिरिएको हो । यसले पार्टीलाई घाटा होइन झनै राम्रो र सुदृढ बनाएको छ ।’

पौडेलले थपे, ‘पार्टीभित्रको जो फोहोर र मयल थियो, अहिले बाहिरिएको भनेको त्यही मयल हो । मयल हट्दा त्यो ठाउँ झनै सफा र स्वस्थ पो हुन्छ ।’

नेता पौडेलले नेकपा एमाले अहिले पनि ठूलो पार्टी भएको र अब आउने निर्वाचनपछि झनै ठूलो हुने दावी गरे ।

उनले भने, ‘विकास गर्ने र जनताको आशा भएको पार्टी नेकपा एमाले नै हो । जनताले त्यो बुझ्नु भएकै छ । आगामी निर्वाचनबाट हामी ठूलो जनादेशसहित सरकारमा आउँनेछौँ ।’


प्रतिक्रिया

One thought on “पार्टी विभाजनबारे विष्णु पौडेलको टिप्पणी- मयल पखालिएर एमाले स्वस्थ भयो

  1. मन्त्रि पद संग प्रदेश नै बेच्नेले मौका पाए देशै बेच्छ होला बालुवाटार किन्न नपाएको झोकमा ? अरुलाई लान्छाना लगाउन बाहेक के नै जानेका छौ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर